एमसीसी जस्ताको तस्तै पारित हुन दिएनौं : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूकै अडानको कारणले एमसीसी जस्ताको तस्तै पारित हुन नदिएको बताएका छन् । पार्टीका सचिव लीलामणि पोख्रेलद्वारा लिखित पुस्तक नेपालमा एमसीसी पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै माओवादीले धेरै पहल गरेर नै जस्ताको तस्तै पारित हुन नदिएको जिकिर गरे ।

उनले भने अनुमोदनको कुरा चलिरहेको बेलामा हामीले जस्ताको तस्तै पारित हुन नदिनको लागि धेरै गर्‍यौँ । कांग्रेस हर हालतमा पारित गर्ने पक्षमा थियो, कुनै पनि संशोधन आवश्यक छैन भन्ने पक्षमा थियो । उहाँहरूबिच विमति पनि देखिँदैनथ्यो ।

उनले नेकपा हुँदा पनि कार्यदल बनाएर अध्ययन गरेर यथास्थितिमा पारित हुन हुँदैन भनेर सुझाव दिएको समेत बताए । उनले एमसीसी रोक्नको लागि आफूहरूले एमालेलाई सरकारको नेतृत्व गर्न भनेको समेत दाबी गरे। एमसीसी पारित हुने बेलामा कांग्रेस र माओवादीको गठबन्धन सरकार थियो ।

उनले भने हामीलाई जनभावना अनुसार बनाउन लागिरहेका थियौँ। तर अहिलेका प्रधानमन्त्रीले कमा र फुलिस्टप पनि चेन्ज गर्न आवश्यक छैन भन्नुभयो । जस्ताको तस्तै पारित हुन्छ भन्नुभयो । उनले अन्तिम समयमा कांग्रेस र एमालेले नै बहुमत पारित गर्ने भएपनि आफूहरूले व्याख्यात्मक टिप्पणी गर्न बाध्य पारेको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...