माओवादीसँग पार्टी एकता हुँदैन : विप्लव
नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेपछि नेकपाको अनौपचारिक स्थायी कमिटी बैठक बसेको छ । हिजो माओवादीले पार्टीसँग एकता गर्ने निर्णय गरे लगत्तै आज बिहान नेकपाको बैठक बसेको हो ।
नेकपाको बैठकले आफ्नै नेतृत्वमा नयाँ केन्द्र निर्माणमा जोड दिनुपर्ने निष्कर्ष निकालेको विप्लव सचिवालयले जनाएको छ । बैठकले उत्पादन केन्द्रित रहेको नेकपाको नयाँ कार्यक्रम र विप्लवको नेतृत्वमा देशलाई निकास दिन जोड दिँदै नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निर्माको आवश्यकतामा औँल्याएको छ ।बाहिर चर्चा भएजस्तो माओवादीसँग एकता प्रक्रिया नटुङ्गिएको भन्दै हल्लाका भरमा एकता सम्भव नभएको जनाएको छ ।


