प्रचण्डले भनेको मन्दिन्न, आत्मालोचना गर्दिनँ : जनार्दन शर्मा



हाम्रो इकोनोमि

 

 

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई पार्टी नेतृत्वप्रति सार्वजनिक रुपमा प्रश्न उठाएकोमा आत्मालोचना गर्न सुझाव दिएका छन् । सोमबार स्थायी कमिटी बैठकमा धारणा राख्दै अध्यक्ष प्रचण्डले आत्मालोचना गरेर स्थायी कमिटी सदस्यहरूको मान राख्न आग्रह गरेका हुन् ।

आत्मालोचना करकापको विषय होइन, तपाईंलाई रियलाइजेशन छ भने आत्मसमीक्षा गर्नुस्, अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, सिंगो स्थायी कमिटीको स्प्रिट पनि त्यही हो । जवाफमा उपमहासचिव शर्माले आफूले जायज प्रश्नहरू नै उठाएको र ती यथावत् रहेको बताएका थिए । मेरा कुराहरू यथावत् छन् मैले आफ्नो हिस्साको कमजोरीको मात्रै जिम्मा लिन्छु बैठकमा शर्माले भने कमीकमजोरीहरू सबैका भएका छन् । उनले  पार्टीमा अब प्रतिस्पर्धाको वातावरण तयार हुनुपर्ने बताए ।

‘पार्टी फुटाएर जान्छ भनेर अध्यक्षले नै भन्न थाल्नुभो, त्यस्तो होइन पार्टी फुटाएर जाँदिन  उनले भने आत्मालोचना गर्दिनँ, कमी कमजोरी सच्याउने कुरा सबैमा लागू हुन्छ मेरो मात्रै कुरा होइन । अहिलेसम्म बैठकका माइन्युटहरूमा हस्ताक्षर नगरेकोमा भने उनले गल्ती महसुस गरेको बताएका छन् । आफूले राख्दै आएका केही सवालहरूमा बैठकमा छलफल होस् भन्ने चाहेको र छलफलै नभएपछि हस्ताक्षर नगरेको उनको भनाइ थियो ।

माइन्युटमा हस्ताक्षर नभएको विषयमा हस्ताक्षर नगरेकोमा म आत्मालोचित छु  शर्माले भने मैले छलफल होस् भन्ने चाहेको थियो । छलफल भयो । अब माइन्युटमा हस्ताक्षर गर्छु ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...