प्रचण्डले भनेको मन्दिन्न, आत्मालोचना गर्दिनँ : जनार्दन शर्मा



हाम्रो इकोनोमि

 

 

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई पार्टी नेतृत्वप्रति सार्वजनिक रुपमा प्रश्न उठाएकोमा आत्मालोचना गर्न सुझाव दिएका छन् । सोमबार स्थायी कमिटी बैठकमा धारणा राख्दै अध्यक्ष प्रचण्डले आत्मालोचना गरेर स्थायी कमिटी सदस्यहरूको मान राख्न आग्रह गरेका हुन् ।

आत्मालोचना करकापको विषय होइन, तपाईंलाई रियलाइजेशन छ भने आत्मसमीक्षा गर्नुस्, अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, सिंगो स्थायी कमिटीको स्प्रिट पनि त्यही हो । जवाफमा उपमहासचिव शर्माले आफूले जायज प्रश्नहरू नै उठाएको र ती यथावत् रहेको बताएका थिए । मेरा कुराहरू यथावत् छन् मैले आफ्नो हिस्साको कमजोरीको मात्रै जिम्मा लिन्छु बैठकमा शर्माले भने कमीकमजोरीहरू सबैका भएका छन् । उनले  पार्टीमा अब प्रतिस्पर्धाको वातावरण तयार हुनुपर्ने बताए ।

‘पार्टी फुटाएर जान्छ भनेर अध्यक्षले नै भन्न थाल्नुभो, त्यस्तो होइन पार्टी फुटाएर जाँदिन  उनले भने आत्मालोचना गर्दिनँ, कमी कमजोरी सच्याउने कुरा सबैमा लागू हुन्छ मेरो मात्रै कुरा होइन । अहिलेसम्म बैठकका माइन्युटहरूमा हस्ताक्षर नगरेकोमा भने उनले गल्ती महसुस गरेको बताएका छन् । आफूले राख्दै आएका केही सवालहरूमा बैठकमा छलफल होस् भन्ने चाहेको र छलफलै नभएपछि हस्ताक्षर नगरेको उनको भनाइ थियो ।

माइन्युटमा हस्ताक्षर नभएको विषयमा हस्ताक्षर नगरेकोमा म आत्मालोचित छु  शर्माले भने मैले छलफल होस् भन्ने चाहेको थियो । छलफल भयो । अब माइन्युटमा हस्ताक्षर गर्छु ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...