मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँ



हाम्रो इकोनोमि

 

 

मध्य साउनसम्म पनि मधेश प्रदेशमा ५७.२८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । अन्न भण्डारको रुपमा रहेको मधेशमा मध्य मनसुनमै देखिएको खडेरीका कारण धान रोपाइँ हुन नसकेपछि खाद्य सुरक्षाको जोखिम निम्तिन सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

गत वर्षको यस अबधिसम्म मधेश प्रदेशमा ९५ प्रतिशत धान रोपाइँ सकिएको अवस्था थियो । केही दिन यता मधेशका केही स्थानमा वर्षा भइरहेको छ । तर धानको बीउ बुढो भइसकेकोले अबका दिनमा रोपाइँ भएपनि त्यसले उतपादकत्व बढाउन नसक्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादवले जानकारी दिए । नेपालको अन्न भण्डारको रुपमा रहेको मधेशमा पर्याप्त मात्रामा धान रोपाइँ हुन नसक्दा करिब २५ प्रतिशतसम्मले उत्पादन घट्नसक्ने र त्यसले खाद्य सुरक्षामा जोखिम निम्त्याउन सक्ने उनको दाबी छ । जसले गर्दा धान/चामल लगायत त्यसबाट उत्पादन हुने अन्य खाद्यान्नको मूल्यवृद्धि हुनसक्ने र त्यसले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा समेत असर गर्न सक्ने देखिएको उनले बताए ।

मधेशमा वर्षा कम वर्षा भएर रोपाइँमा असर गरेसँगै प्रदेश सरकारले गत असार २६ देखिनै मधेशका ८ ओटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको जीडीपीमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत छ भने धानको मात्रै योगदान करिब ५ प्रतिशत रहेको छ । मन्त्रालयकै तथ्यांक अनुसार आव २०८१/८२ मा नेपालमा कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । जसमध्ये मधेश प्रदेशमा मात्रै १४ लाख ८० हजार ८३० मेट्रिक टन धान उत्पादन भएको थियो । यो उत्पादन ७ ओटै प्रदेश मध्ये सबैभन्दा धेरै हो । गतवर्ष मधेशमा ३ लाख ७४ हजार ११७ हेक्टर जमिनमा धान खेती गरिएको थियो ।

 

कुन प्रदेशमा कति रोपाइँ ?

हालसम्म कोशी प्रदेशमा ८९.०३ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस प्रदेशमा हाल सम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

बागमती प्रदेशमा हालसम्म ९२.९२ प्रतिशत धान रोपाइँ भएको छ । गतवर्ष यस प्रदेशमा हालसम्म ९७ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल १ लाख १५ हजार ६२१ हेक्टर जमिनमा धानखेती हुने गर्दछ । गण्डकी प्रदेशमा हालसम्म ८८.९७ प्रतिशत धान धान रोपाइँ भएको छ । यस प्रदेशमा गत वर्ष यस अवधि सम्म ९६ प्रतिशत धान रोपाइँ भएको थियो । यहाँ कुल ९४ हजार १८२ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा हालसम्म ९५.९६ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । गत वर्ष यस अवधिसम्म लुम्बिनीमा ९७ प्रतिशत जमिनमा धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

कर्णाली प्रदेशमा हालसम्म ९६.४७ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । गतवर्षको यस अवधिसम्म यस प्रदेशमा ९९ प्रतिशत जमिनमा धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ४० हजार ८८४ हेक्टर जमिनमा धान खेती गरिन्छ ।

सूदूरपश्चिम प्रदेशमा हालसम्म ९९.७२ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । गतवर्ष यस अवधिसम्म यस प्रदेशमा १०० प्रतिशत धान रोपाइँ भएको थियो । सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...