एमाले विभाजन गर्नु ठूलो गल्ती थियो : झलनाथ खनाल



हाम्रो इकोनोमि

 

 

 नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले देशकै ठूलो कम्युनिस्ट शक्ति भएकोले त्यसलाई विभाजन गर्नु र छाड्नु आफैँमा गल्ती भएको स्वीकार गरेका छन् । उनले पार्टी विभाजन गरेर नयाँ दल बनाउने निर्णयप्रति पश्चात्ताप व्यक्त गरेका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा खनालले भने म त अब के भन्न थालेको छु भने जतिबेला पार्टी विद्रोह या विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म । उनले नेकपा एमालेलाई नेपालको कम्युनिस्ट आन्दोलनको एक सशक्त संस्था भनेर चिनाउँदै त्यसलाई छाड्नु गम्भीर भूल भएको बताएका छन् । नेकपा एमाले भनेको एउटा संस्था हो, जुन हामीले कम्युनिस्ट आन्दोलनको राम्रो संस्थाका रूपमा बनाएका थियौँ, उनले भने ‘त्यो संस्थालाई त्यति बेला छाड्ने, विद्रोह गर्ने कुरा गलत थियो ।

पत्रकार खरेलले सोधे, कहिलेकाहीँ लाग्दैन कि व्यर्थै नेकपा एमाले छाडेर नेकपा एसमा आएँ । खनालले स्पष्ट जवाफ दिए, ‘लाग्न त सुरु भएको छ । जतिबेला यो पार्टी विद्रोह गरियो, त्यो नै गलत रहेछ भन्ने महसुस हुँदै छ मलाई । एमालेमा गरिएको विद्रोह पुष्टि हुन नसकेको उल्लेख गर्दै उनले त्यसलाई नै गल्तीको प्रमाणको रूपमा माने ।

पुष्टि नहुनुको अर्थ के हो भने, गलत गरियो उनले भने गलत गरिएछ त्यति बेला । केपी ओलीको व्यक्तिगत विरोधका कारण एमाले नछाडेको बताउँदै खनालले थपे, ‘म कुनै व्यक्ति विशेषलाई मान्दिनँ । संस्थागत हैसियतमा एमाले एउटा बलियो संस्था थियो । त्यस्तो संस्थालाई त्यति बेला छाड्नु, विद्रोह गर्नु सही थिएन । खनालले पछिल्लो समय राजनीतिक पुनर्मूल्यांकन गर्दै पूर्व निर्णयबारे खुलेर आत्मालोचना गर्न थालेका छन्, जुन नेपाली वाम राजनीति र नेकपा -एस- को भविष्यका सन्दर्भमा महत्त्वपूर्ण मोडको संकेत मानिएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि मुद्दा दायर भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने खालको धारणा सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...