आन्तरिक विषय आफैं मिलाउँछौं : कांग्रेस



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेकपा एमालेले बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता समीकरणको विवादबारे चासो राखेको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दुई दल एमाले र कांग्रेसबीचको छलफलका क्रममा एमालेका नेताहरूले यसबारे चासो राखेको थियो । एमालेको चासोमा कांग्रेसले भने आफूहरूको आन्तरिक विषय आफैं मिलाउने जवाफ दिएको छ । बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार, बागमतीको विवादबारे केहीबेर छलफल भएको थियो ।

बागमतीको बारेमा छलफल भयो । अहिलेसम्म भएको घटनाक्रमबारे छलफल भयो,’ उनले  भने हो हाम्रो आन्तरिक विषय हो । यसमा केही दिनमै निकास दिन्छौं भनेर हामीले जवाफ दिएका छौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउने तयारीस्वरुप संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भइसकेका छन् । यद्यपि लामाले पदबाट राजीनामा दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...