एमालेले ०८४ मा एकल बहुमत ल्याउनुपर्छ : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवाहरूको उज्ज्वल भविष्य बनाउने सामर्थ्य राख्ने दाबी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सामाजिक अराजकताको र राजनीतिक अस्थिरता मच्चाउन खोज्नेहरू सक्रिय भइरहेको बताए ।

उनले भने, ‘राजनीतिक अस्थिरता र सामाजिक अस्थिरतालाई हटाउन सकिएन भने विकास र समृद्धिको आकांक्षा पूरा गर्न सकिँदैन । मुलुकको समृद्धि र विकासको लागि राज्यलाई बलियो बनाउनु, राजनीतिक दलहरूलाई बलियो बनाउनको लागि ध्रुवीकरणलाई अगाडि बढाउन आवश्यक छ । नयाँ पुस्ताले जनमतलाई विभाजित गर्नेतिर नभई परम्परागत राजनीतिक दललाई मत दिएर केन्द्रीकृत गर्ने बाटोतर्फ समाजलाई दोहोर्‍याउनुपर्ने बताए ।

उनले थपे, ‘‘एमालेले युवाहरूको सुन्दर भविष्यका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको छ । मिसन २०८४ नेपालको नयाँ यात्राको रूपमा अगाडि बढाउनुपर्छ । एमालेको एकल बहुमत आएर बनेको सरकारले मात्रै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...