कांग्रेसले आफ्नो विवाद चाँडो मिलाओस् : नेता थपलिया



हाम्रो इकोनोमि

 

 

 

 

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले नेपाली कांग्रेसलाई आफूभित्रको विवाद चाँडो मिलाउन अनुरोध गरेको छ । कांग्रेसले विवाद मिलाउन नसके एमाले रेस्क्यूका लागि तयार रहेको भन्दै वैकल्पिक उपायमा जान सक्ने नेता जगन्नाथ थपलियाले बताए । निर्णय सुनाउँदै थपलियाले कुनै पनि पार्टीको आन्तरिक कारण संघीय सिष्टममा समस्या हुनु नहुने बताए ।

उहाँहरूको कलह छ । आन्तरिक विवाद छ । कुनै पनि पार्टीको आन्तरिक कारणले संघीय सिष्टममा समस्या हुन हुँदैन । चाँडोभन्दा चाँडो उहाँहरूले समस्या समाधान गर्नुपर्छ । यदि समाधान गर्नु हुन्न, सकिन्न अप्ठ्यारो छ भने नेकपा एमाले पनि वैकल्पिकरूपमा जान सक्छ’ उनले भने ।

तर, उनले नेकपा एमाले कस्तो वैकल्पिक उपायमा जाने भन्ने चाहिँ प्रष्ट पारेनन् । कांग्रेससँग केन्द्रदेखि नै गठबन्धनको सरकार भएकोले व्यक्ति नभई कांग्रेस पार्टीको आधिकारिक निर्णयमा नेकपा एमालेले सहकार्य गर्ने पनि उनले बताए ।

उनले कांग्रेससँग एमालेले सहकार्य गरेका हुनाले अहिले सरकारलाई अस्थिर बनाउने बाटोमा एमाले पनि नजाने र कांग्रेसले पनि आफूभित्रको विवाद छिटो मिलाउनुपर्ने बताए । त्यसैगरि एमाले संसदीय दलले नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीले गरेको निर्णयलाई पनि अक्षरसस् पालना गर्ने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...