कांग्रेसले आफ्नो विवाद चाँडो मिलाओस् : नेता थपलिया



हाम्रो इकोनोमि

 

 

 

 

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले नेपाली कांग्रेसलाई आफूभित्रको विवाद चाँडो मिलाउन अनुरोध गरेको छ । कांग्रेसले विवाद मिलाउन नसके एमाले रेस्क्यूका लागि तयार रहेको भन्दै वैकल्पिक उपायमा जान सक्ने नेता जगन्नाथ थपलियाले बताए । निर्णय सुनाउँदै थपलियाले कुनै पनि पार्टीको आन्तरिक कारण संघीय सिष्टममा समस्या हुनु नहुने बताए ।

उहाँहरूको कलह छ । आन्तरिक विवाद छ । कुनै पनि पार्टीको आन्तरिक कारणले संघीय सिष्टममा समस्या हुन हुँदैन । चाँडोभन्दा चाँडो उहाँहरूले समस्या समाधान गर्नुपर्छ । यदि समाधान गर्नु हुन्न, सकिन्न अप्ठ्यारो छ भने नेकपा एमाले पनि वैकल्पिकरूपमा जान सक्छ’ उनले भने ।

तर, उनले नेकपा एमाले कस्तो वैकल्पिक उपायमा जाने भन्ने चाहिँ प्रष्ट पारेनन् । कांग्रेससँग केन्द्रदेखि नै गठबन्धनको सरकार भएकोले व्यक्ति नभई कांग्रेस पार्टीको आधिकारिक निर्णयमा नेकपा एमालेले सहकार्य गर्ने पनि उनले बताए ।

उनले कांग्रेससँग एमालेले सहकार्य गरेका हुनाले अहिले सरकारलाई अस्थिर बनाउने बाटोमा एमाले पनि नजाने र कांग्रेसले पनि आफूभित्रको विवाद छिटो मिलाउनुपर्ने बताए । त्यसैगरि एमाले संसदीय दलले नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीले गरेको निर्णयलाई पनि अक्षरसस् पालना गर्ने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...