कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा बानियाँ



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएका दलकाे निर्वाचनमा बानियाँले मख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा तामाङलाई पराजित गरेका हुन । बानियाँ र लामा दुवै पार्टी सभापति शरबहादुर देउवा पक्षका हुन ।

कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सके । १ मत बदर भएकाे छ । १३ साउन मंगलबार आफूविरूद्ध संसदीय दलमा परेकाे अविश्वासकाे प्रस्तावकाे विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताकाे हैसियत गुमाएका थिए । अविश्वासकाे प्रस्तावकाे पक्षमा २२ मत परेकाे थियाे ।

लामाले दलकाे नेताकाे हैसियत गुमाएपछि आज बुधवार दलकाे नेता चयनका लागि निर्वाचन भएकाे हाे । बानियाँकाे नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासकाे प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।

बानियाँ र लामा संसदीय दलकाे नेतामा दाेस्राे पटक भिडेका हुन् । प्रदेशसभाकाे दाेस्राे कार्यकालमा पहिलाे पटक १३ पुस २०७९ मा संसदीय दलकाे निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याए ।

लामा र बानियाँ दाेस्राे पटक दलकाे नेताका लागि निर्वाचन लडेका हुन् । ४ मंसिर २०७९ मा भएकाे प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाकाे ठूलाे दल नेपाली कांग्रेस संसदीय दलकाे नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...