संसदीय दलको नेतामा लामा र बानियाँबीच प्रतिस्पर्धा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ । लामाको अविश्वासको प्रस्ताव दर्ता गरेका सांसदहरूले पहिले नै बानियाँलाई दलको नेता र मुख्यमन्त्रीको लागि निर्क्यौल गरेपनि संसदीय दलको नेताबाट आउट भएका मुख्यमन्त्री लामा भने प्रतिष्पर्धामा आउने नआउने बताएका थिएनन् ।

उनले आफ्नो तर्फबाट ललितपुरबाट प्रदेश सांसदमा प्रतिनिधित्व गरेका रामकृष्ण चित्रकारलाई प्रस्ताव गरेका थिए । तर, आफ्नो विपक्षमा रहेका सांसदहरूलाई आफूतर्फ तान्ने प्रयास गरिरहेका मुख्यमन्त्री लामाले अन्ततः आफै संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने निर्णय गरेका छन् । कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताको निर्वाचन अहिले १० बजेदेखि सुरु भएको छ । १० देखि ११ बजेसम्म नामावली प्रकाशन गरेपछि ११ः३० देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको संसदीय दलका सचिव कृष्ण तामाङले जानकारी दिएका छन् ।

सोही तालिका अनुसार सकेसम्म पाँचै जना मन्त्री टुङ्ग्याएर शपथ समेत खुवाएर मनोनयन दर्ता गर्न जाने तयारी मुख्यमन्त्री लामाले गरेका छन् । संसदीय दलको नेतामा लामाका तर्फबाट उम्मेदवार बन्ने चर्चा रहेका सांसद रामकृष्ण चित्रकारले जित्ने निश्चित भएका कारण मुख्यमन्त्री लामा नै संसदीय दलको नेतामा उम्मेदवार बन्ने निर्णय भएको  बताए । उनले भने, संसदीय दलको नेतामा म उठ्ने कि भन्ने थियो । तर, जित निश्चित भएका कारण फेरि मुख्यमन्त्री ज्यू नै उम्मेदवार बन्ने निश्चित भएको छ । उहाँले नै उम्मेदवारी दिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...