म मुख्यमन्त्रीबाट राजनीनामा दिन्न : बहादुरसिंह लामा



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीनामा नदिने बताएका छन् । संसदीय दलमा भएको मत विभाजनको क्रममा दलको नेताको हैसियत गुमाएका उनले आफूलाई कसैले मुख्यमन्त्री हुनबाट रोक्न नसक्ने जिकिर गरे । उनले गठबन्धनको सरकारमा संसदीय दलको नेता हुनु र नहुनुले कुनै अर्थ नराख्ने दाबी गर्दै भने, सरकार र दल फरक-फरक कुरा हो । मुख्यमन्त्री हुन संसदीय दलको नेताह हुन आवश्यक छैन । म कानून विधि विधानअनुसार जान्छु । मैले कसरी राजीनामा दिने  ?

पूर्ण बहुमतको सरकारको लागि मात्रै संसदीय दलको नेता हुनु आवश्यक भएको उनको दाबी छ । यो बहुमत र गठबन्धनको सरकार भएकोले संसदीय दलको नेता हुन आवश्यक नभएको लामाले दाबी गरे । उनले लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएर आएको आफूलाई हटाउन आफ्नै दलभित्र जाल बुनेको र आफ्नै नेताहरू लागेको आरोप लगाए । सबैलाई मिलाएर जाउँभन्दा आफ्नै मन्त्रीमाथि पनि जाल र प्रपञ्च रचिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...