देशभर ७८ प्रतिशत भू–भागमा धान रोपाइँ



हाम्रो इकोनोमि

 

 

 देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भू–भागमा रोपाइँ भएको छ ।

त्यसैगरी, बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भू–भागमा रोपाइँ भएको छ । कर्णाली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भू–भागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष १३ साउनसम्म ९२.६ प्रतिशत भू–भागमा रोपाइँ भएको थियो । यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...