एमालेलाई बलियो र देशलाई समृद्ध बनाउने हो : विद्या भण्डारी



हाम्रो इकोनोमि

 

 

पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनको लागि सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किन खोजेको बताएकी छन् । एमालेमा निषेधपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो सदस्यता नवीकरण भइसकेको विषय भएकाले विवादमा पार्नुपर्ने विषय नै नभएको बताइन् ।

उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताइन् ।उनले भनिन्, ‘म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु । पदको लालसा छैन । पार्टी सदस्यबाट आफूलाई वञ्चित गर्ने निर्णय अवैध भन्दै उनले आवेग र उत्तेजनाको निर्णयले पार्टीको साख गिराउने बताइन् । भण्डारीले पार्टी सदस्यबाट वञ्चित गर्ने एमालेको निर्णयको वैधतामाथि प्रश्न उठाएकी छन् ।

उनले संविधानको मर्म भावना कहीँ कतैबाट पनि दलमा आफू दलमा आबद्ध भएर राजनीति गर्न नपाउने अवस्था नरहेको बताइन् । उनले भनिन्, ‘यो घाम जत्तिकै छर्लङ भएको विषय हो। जबजले संवैधानिक सर्वोच्चता विधिको शासनलाई गहिरोसँग आत्मसाथ गरेको छ। मलाई सदस्यताबाट वञ्चित गराउनुपर्ने कुनै कारण छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...