५० यात्रु बोकेको रुसी जहाज साइबेरियामा बेपत्ता
रुसको साइबेरिया क्षेत्रमा एक यात्रुबाहक जहाज बेपत्ता भएको छ । स्थानीय समयअनुसार बुधबार रातिदेखि जहाजको रुसी हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क टुटेको हो । उक्त जहाजमा करिब ५० यात्रु सवार रहेको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार जहाज रुस–चीन सीमा नजिकैको क्षेत्रतर्फ उडान गरिरहेको थियो । जहाज साइबेरियाको एक क्षेत्रीय एयरलाइनसँग सम्बन्धित रहेको र खराब मौसमका कारण सम्पर्क टुटेको हुन सक्ने अनुमान गरिएको छ ।
रुसी सञ्चारमाध्यमका अनुसार, जहाजको अन्तिम सम्पर्क राति १० बजेको आसपासमा भएको थियो । रुसी आपतकालीन सेवा र हवाई खोजी टोलीले जहाजको खोजी कार्य तीव्र पारेको छ । साइबेरियाको दुर्गम जंगल र पहाडी क्षेत्रमा खोजी कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् । मौसम विभागले उक्त क्षेत्रमा बाक्लो कुहिरो र वर्षा भएको जनाएको छ, जसले खोजी कार्यमा थप जटिलता थपिएको छ ।


