केही दिनपछि नयाँ कुरा घोषण गर्ने विद्या भण्डारीको तयारी



हाम्रो इकोनोमि

 

 

मंगलबार मध्यरातमा सकिएको एमाले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा आउनबाट रोक्ने निर्णय गरिदियो । केन्द्रीय कमिटीको उक्त निर्णयलाई भदौमा बस्ने विधान महाधिवेशनबाट अनुमोदन गराउने पार्टी योजना छ । बुधबार बिहान केही निकटस्थ नेतासँग परामर्श गरेकी भण्डारीले आफूसँग केही सोचाइहरू रहेको भन्दै त्यसलाई केही दिनभित्र साझा गर्ने बताइन् ।

भण्डारीले आफूहरुसँग भनेको उद्धृत गर्दै एक निकट नेताले भने, हामी लागेर बनाएको पार्टी हो, तर अध्यक्षले जुन शैली देखाउनुभयो, त्यसले पार्टीलाई निराश बनाउने बाहेक केही गर्दैन । यो पार्टीमा कोही एउटा मात्र नेता छैन, जनताको बहुदलीय जनवादको स्पिरिट कुनै व्यक्तिविशेषलाई मात्रै मान्ने भन्ने हुँदै होइन । मसँग ब्याक अप नै छैन भन्ने होइन । म ब्याक अपविना बसेकी छैन । मलाई एक–दुईवटा जरुरी भ्याउनैपर्ने केही काम सक्न दिनुस् । म केही दिनमै बोल्छु ।

भण्डारीले आज एमाले महासचिव शंकर पोखरेलले आयोजना गर्ने पत्रकार सम्मेलनमा कस्तो विचार प्रकट हुँदोरहेछ, सुनिहेर्ने बताएकी छन् । त्यसपछि उनले आफ्नो विचार बाहिर ल्याउने निकट नेताहरुले बताएका छन् । भण्डारीले राष्ट्रपति पदबाट निवृत्त भएपछि नवीकरण गरेको सदस्यता एमालेले रद्द गरिदिएको छ । उनले आफू एमालेको नेतृत्व गर्ने तयारीसहित अघि बढेको सन्देश यसअघि दिंदै आएकामा अब उनको आगामी कदम के हुन्छ भन्ने प्रश्न सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...