केही दिनपछि नयाँ कुरा घोषण गर्ने विद्या भण्डारीको तयारी



हाम्रो इकोनोमि

 

 

मंगलबार मध्यरातमा सकिएको एमाले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा आउनबाट रोक्ने निर्णय गरिदियो । केन्द्रीय कमिटीको उक्त निर्णयलाई भदौमा बस्ने विधान महाधिवेशनबाट अनुमोदन गराउने पार्टी योजना छ । बुधबार बिहान केही निकटस्थ नेतासँग परामर्श गरेकी भण्डारीले आफूसँग केही सोचाइहरू रहेको भन्दै त्यसलाई केही दिनभित्र साझा गर्ने बताइन् ।

भण्डारीले आफूहरुसँग भनेको उद्धृत गर्दै एक निकट नेताले भने, हामी लागेर बनाएको पार्टी हो, तर अध्यक्षले जुन शैली देखाउनुभयो, त्यसले पार्टीलाई निराश बनाउने बाहेक केही गर्दैन । यो पार्टीमा कोही एउटा मात्र नेता छैन, जनताको बहुदलीय जनवादको स्पिरिट कुनै व्यक्तिविशेषलाई मात्रै मान्ने भन्ने हुँदै होइन । मसँग ब्याक अप नै छैन भन्ने होइन । म ब्याक अपविना बसेकी छैन । मलाई एक–दुईवटा जरुरी भ्याउनैपर्ने केही काम सक्न दिनुस् । म केही दिनमै बोल्छु ।

भण्डारीले आज एमाले महासचिव शंकर पोखरेलले आयोजना गर्ने पत्रकार सम्मेलनमा कस्तो विचार प्रकट हुँदोरहेछ, सुनिहेर्ने बताएकी छन् । त्यसपछि उनले आफ्नो विचार बाहिर ल्याउने निकट नेताहरुले बताएका छन् । भण्डारीले राष्ट्रपति पदबाट निवृत्त भएपछि नवीकरण गरेको सदस्यता एमालेले रद्द गरिदिएको छ । उनले आफू एमालेको नेतृत्व गर्ने तयारीसहित अघि बढेको सन्देश यसअघि दिंदै आएकामा अब उनको आगामी कदम के हुन्छ भन्ने प्रश्न सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...