पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खारेज, एमालेमा आउन नदिने निर्णय



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराख्ने निर्णय गरेको छ । यस निर्णयले उनलाई राजनीतिमा आउन नदिने भएको छ । बुधबारकाे केन्द्रीय कमिटीकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेका थिए ।

सो प्रस्ताव पारित भएसँगै विद्या भण्डारीको एमालेमा राजनीति गर्ने बहस तत्काललाई रोकिएको छ ।अध्यक्ष ओलीले भण्डारीलाई राजनीतिमा नफर्कन पार्टीले आग्रह गर्ने निर्णय सुनाएका थिए । उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन । नवौँ केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको प्रचार विभाग राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए ।

‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो’, बैठकको निर्णय सुनाउँदै गौतमले भने, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।

 तीन नेताको असहमति

एमालेको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने निर्णय गरेको छ । साथै एमालेले भण्डारीकाे सदस्यता नवीकरण गर्न नसकिने पनि निष्कर्ष निकालेकाे छ ।
  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई  एमालेमा आउन नदिने निर्णयमा सुरेन्द्र पाण्डे, युवाराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...