कांग्रेसका नेताहरू देउवा निवास बुढानीलकण्ठमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूको चाक्सीबारी भेलाको निष्कर्ष सुनाउन पार्टी सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । हिजो उपप्रधान तथा सहरी विकास मन्त्री समेत रहेका प्रकाशमान सिंहको निवासमा संस्थापन पक्षका सात नेताहरू भेला भएका थिए । भेलामा सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशरण महत र विजयकुमार गच्छदार सहभागी थिए ।

हिजोको भेलाको निष्कर्ष सुनाउनको लागि देउवा निवास बुढानीलकण्ठमा नेताहरू पुगेका हुन् । उनीहरूको भेलाले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।एमालेसँगको सहकार्यबाट पर्याप्त उपलब्धि हासिल नभएको भन्दै थप प्रभावकारी गर्न प्रधानमन्त्री केपी ओली र पार्टी सभापतिलाई ध्यानाकर्षण गराउने निर्णय गरेका थिए । हिजोको बैठकमा पार्टीको १५ औँ महाधिवेशन, इतर पक्षका नेता डा. शेखर कोइरालाको पछिल्ला गतिविधि, गठबन्धन निर्माण हुँदा एमालेसँग भएको सहमतिलगायतको विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...