गुम्बाविरुद्ध उजुरी, हिनामिना भएको सामान खोजीको माग



हाम्रो इकोनोमि

 

 

डोल्पामा सार्वजनिक गुम्बाका रुपमा दर्ता भई निजी रुपमा प्रयोगमा आएको र त्यहाँ अर्को गुम्बाबाट लगिएको सामान पनि हिनामिना गरिएको भन्दै बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा उजुरी परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिमा एक महिनाअघि उजुरी परेको र त्यसउपर छानवीन भइरहेको समितिसम्वद्ध एक अधिकृतले नेपाल प्रेसलाई बताए । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका– १, निजालमा रहेको ठेकुग गुम्बाका विषयमा उजुरी परेको हो ।

सामुदायिक रुपमा दर्ता भएको, तर एउटा परिवारले निजी तवरमा सञ्चालन गरेको तथा त्यहाँ सोही गाउँपालिकामा रहेका अन्य गुम्बाट हराएका सामान रहेको समितिका ती अधिकृतले बताए । दर्ता नम्बर १९४८ रहेको उक्त गुम्बा २०६४ फागुन ३० मा सार्वजनिक गुम्बाका रुपमा विकास समितिको अभिलेखमा उल्लेख छ । त्यहाँ डोल्पाकै याङ्जेर र मार्कुम गुम्बाबाट वर्षौंअघि हराएका सामान रहेको आरोप लगाइएको छ ।

‘डोल्पो बुद्ध’ उपाधीप्राप्त याङ्जेर गुम्बाका मूलपूजारी रानक रिम्पोछेका अनुसार आफू सानै हुँदा त्यहाँबाट सामानहरु हराएको र नजिकैका गुम्बामा राखिएको कुरा सुनेको बताए । तर, दावी गर्नका निम्ति प्रमाणको अभाव हुँदा कुनै कदम नचालिएको उनको भनाइ छ । ‘अहिले मन्त्रालयमा उजुरी परेको भन्ने कुरा सुन्नमा आयो, के–के आधार र प्रमाणसहित उजुरी परेको हो, मलाई थाहा भएन’, उनले भने । ठेकुग गुम्बा सोनाम धिर्मे लामाको नाममा दर्ता छ । अहिले उनका छोरा सोनाम छिमेले नामसारी गरी गुम्बा सञ्चालन गरेका छन् ।

त्यहाँ सोनामका भाइ छुल्डिम ग्याल्जेन लामाले रेखदेख गर्दैै आएका छन् । जबकी, सार्वजनिक गुम्बा व्यक्तिको नाममा नामसारी हुने प्रावधान छैन । रानक रिम्पोछेका अनुसार, ठेकुग गुम्बाले गुम्बा सञ्चालनका अन्य मापदण्ड पनि पूरा गरेको छैन । ‘त्यो गुम्बा कसरी सार्वजनिक गुम्बाका रुपमा दर्ता भयो ?’, आफूलाई आश्चर्य लागेको उनले बताए । त्यहाँ हराएका सामान राखिएको र बेचबिखन भएको हल्ला आफूले सुने पनि प्रमाण नभएका कारण केही नभन्ने उनको भनाइ छ । ‘प्रशासनले आफ्नो तरिकाले छानवीन गर्छ भने राम्रै कुरा हो’, उनले भने । ठेकुग गुम्बाका सञ्चालक सोनामका बाजे छिमे ग्याल्जेन लामा पहिला याङ्जेर गुम्बाको रेखदेखसहित गर्नेसहित पुजारीका रुपमा थिए । उनैबाट सामान हिनामिना भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...