पहिरोले घर पुरिँदा पर्वतमा दम्पती बेपत्ता



हाम्रो इकोनोमि

 

 

पर्वतको मोदी गाउँपालिका वडा नं ३ लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता भएका छन् । आज बिहान करिब ४ बजेतिर पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएकी हुन् । ३२ वर्षीया बुहारी पवित्राले भने भागेर ज्यान जोगाएकी छन् ।

सुतिरहेको अवस्थामा पहिरोले घर पुरिँदा उनीहरु दम्पती बेपत्ता भएको गाउँपालिका अध्यक्ष हिरादेवि शर्माले बताइन् । उनले भनिन्उ हाँ एक जनाकोघरमा मात्र पहिरो खसेको हाे । अहिले उनीहरुको खोजीको लागि प्रहरी र स्थानीय परिचालन भइसकेको छ । तर अहिलेसम्म उहाँहरुको अवस्था अज्ञात नै छ ।’

उनका अनुसार घरमा सासुससुरा र बुहारी मात्रै थिए । नातिनातिनी मामा घर गएका थिए । नातिनातिनी घरमा नभएकाले उनीहरु जोगिएको उनले बताइन् । आफूहरु पनि घटनास्थलमा जान लागेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...