वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १० घण्टा चल्यो ।उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको नयाँ विधानको प्रस्तावित मस्यौदामा पदाधिकारी र केन्द्रीय कमिटी घटाउने निर्णय गरेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियतापछि बढेको एमालेमा चर्चामा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाउने निर्णय भइसकेको छ ।

बैठकपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल भएको बताएका छन् । उनी उमेर हद र दुई कार्यकालको पक्षमा खुलेर वकालत गर्नेमध्येमा पर्छन् । उनी पूर्वराष्ट्रपति भण्डारीको पक्षमा नरम सुनिन्छिन् । यही विषयमा हिजोको बैठकमा अध्यक्ष ओलीसँग उनले केही विषयमा फरक मत राखेको चर्चा छ ।

उनले भने, पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो । आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ । पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ । उनले केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउनु हुने अपेक्षा राखे ।

यस्तै, महासचिव शंकर पोखरेलले पनि विधि निर्माणको अन्योल अन्त्य भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ । नेकपा एमालेले पदाधिकारी संख्या १५ जनामा घटाउने र केन्द्रीय कमिटी २५१ बनाउने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...