वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १० घण्टा चल्यो ।उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको नयाँ विधानको प्रस्तावित मस्यौदामा पदाधिकारी र केन्द्रीय कमिटी घटाउने निर्णय गरेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियतापछि बढेको एमालेमा चर्चामा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाउने निर्णय भइसकेको छ ।

बैठकपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल भएको बताएका छन् । उनी उमेर हद र दुई कार्यकालको पक्षमा खुलेर वकालत गर्नेमध्येमा पर्छन् । उनी पूर्वराष्ट्रपति भण्डारीको पक्षमा नरम सुनिन्छिन् । यही विषयमा हिजोको बैठकमा अध्यक्ष ओलीसँग उनले केही विषयमा फरक मत राखेको चर्चा छ ।

उनले भने, पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो । आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ । पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ । उनले केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउनु हुने अपेक्षा राखे ।

यस्तै, महासचिव शंकर पोखरेलले पनि विधि निर्माणको अन्योल अन्त्य भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ । नेकपा एमालेले पदाधिकारी संख्या १५ जनामा घटाउने र केन्द्रीय कमिटी २५१ बनाउने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...