ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्



हाम्रो इकोनोमि

 

 

विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १० घण्टा बढी जारी रह्यो । बिहीबार दिउँसो पौने २ बजेबाट सुरु भएको बैठक मध्यरात सकिएको थियो । बैठकमा पार्टी विधानको प्रस्तावमाथि लामो छलफल चल्यो ।

विधानको धारा ६४ मा रहेको यो व्यवस्थाबारे छलफल हुँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नोकझोंक नै भएको थियो । विधानमाथि धारणा राख्ने क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले भूमिका सहित पार्टी विधान तीन पटक छापिएको प्रशंग उठाएका थिए ।

प्रथम विधान महाधिवेशनले गरेको निर्णय र दशौं राष्ट्रिय महाविधेशनको परिस्थितिबारे बोल्दै जाँदा वरिष्ठ उपाध्यक्ष पोखरेलले तीनपटक विधान छापिएको प्रशंग उठाएका थिए । पोखरेल बोल्दै गर्दा ओलीले आपत्ति जनाए । ओलीले भने- ‘तपाई कर्ण थापाको कुरा बोकेर आउने हो ?

स्रोतका अनुसार ओलीले कर्ण थापाको कुरा बोकेर नआउन भनेपछि ईश्वर पोखरेल झोक्किएका थिए । ‘म आफ्नो कुरा राखिरहेको छु, कर्ण थापासँग मलाई किन जोड्नुहुन्छ ?  पोखरेलले उल्टै प्रश्न गरेका थिए ।

यसपछि भने ओली बोलेनन् । पोखरेलले आफ्ना कुरा राख्न थाले । बोल्ने क्रममा पोखरेलले ओलीलाई नेतृत्व छोड्न सुझाव नै दिएका छन् । तपाई र म बीचमा कुनै आइडोलोजीको समस्या होइन, छैन, तर तपाईंको शैलीमा समस्या भयो, पोखरेलले भने, ‘कार्यकर्ता र जनतासँग गर्ने शैली ठीक भएन, पार्टीभित्र मूल्यांकन गर्ने विधि भएन, त्यसैले अब तपाईले छोड्नुस् (नेतृत्व) ।

पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन पनि ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गरेका थिए । ‘आत्मालोचना भन्ने चिज छैन, विचारको विमर्शलाई झगडा भन्नुहुन्छ,’ ओलीसँग नेतृत्व छोड्नुको विकल्प नरहेको तर्क पोखरेलले गरेका थिए ।

तर यो सबै सुनिरहेका प्रधानमन्त्री समेत रहेका ओलीले भने नेतृत्व छोड्ने अवस्था नरहेको जवाफ फर्काएका थिए । ‘ईश्वर कमरेडले शान्त शैलीमै नेतृत्व छोड्नुस् भन्नुभयो, यो सबै सुनिरहनुभएका अध्यक्ष कमरेडले मिल्दैन भन्नुभयो’ स्रोतले भन्यो ।

पार्टीमा अझै आफ्नो आवश्यकता रहेकाले छोड्न नमिल्ने ओलीको तर्क थियो । स्रोतका अनुसार विधानकै बारेमा घण्टौ छलफल भएको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले पनि प्रवेश पाएको थियो  तर यो विषयमा धेरै छलफल भने भएन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...