एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाइयो, पदाधिकारी १५ मात्र हुने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले पदाधिकारी संख्या १५ जनामा घटाउने भएको छ । बिहीबार मध्यरातमा सकिएको सचिवालयले बैठकमा १९ सदस्यीय पदाधिकारीलाई सुरूमा ११ जनामा सीमित गर्ने प्रस्ताव गरिएकोमा छलफलको क्रममा १५ जना पुर्‍याउनुपर्ने अनौपचारिक सहमति बनेको बताइएको छ । जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव-१, उपाध्यक्ष-५ र सचिव- ७ जना प्रस्ताव गरिएको छ । यद्यपि यो अन्तिम नभएको स्रोतले बतायो ।

खाकासहित परिमार्जित विधान मस्यौदाको प्रस्ताव पोलिटब्युरोमा ल्याउन पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेललाई जिम्मा दिइएको उपमहासचिव प्रदीप ज्ञवालीलेबताए । पोलिटब्युरो दिउँसो १ बजेदेखि बस्दैछ ।सचिवालयमा पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेकोमा पछि २५१ सदस्यीय बनाउने निर्णय भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन् । जसअनुसार हाल ९९ सदस्यीय पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ ।

उपमहासचिव सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने प्रस्ताव पारित गरिएको छ । यसै गरी चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । सचिवालयबाट पारित संशोधन प्रस्ताव पोलिटब्युरो, केन्द्रीय कमिटी (साउन ५) हुँदै आगामी भदौ २०-२२ को गोदावरीमा हुने विधान महाधिवेशनमा अनुमोदन भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ ।

सचिवालयले केन्द्रीय सदस्यहरू स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन पाउने गरी निर्णय गरेको छ । विधान महाधिवेशनको हकमा यसअघिका प्रतिनिधि मात्र सहभागी हुन पाउने विधानको व्यवस्थालाई यथावत् राखिएको छ । नयाँ थपिएका केन्द्रीय सदस्यहरू आयोजकको हैसियतमा मात्र सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...