एमालेको सचिवालय बैठकमा विधान संशोधनबारे छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक बसिररहेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् ।आजको बैठकमा विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् ।

आजको बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ । जनसंगठनमा पनि वरिष्ठ पद हटाइएकाले पार्टीमा पनि नराख्ने कि भनेर बहस भइरहेको छ ।

पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आएपछि एमालेभित्र यतिबेला उमेर हद र दुई कार्यकालको व्यवस्थाको बहस पनि गर्माएको छ । सचिवालयलगत्तै भोलि पोलिटब्युरो र ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...