एमालेको सचिवालय बैठकमा विधान संशोधनबारे छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक बसिररहेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् ।आजको बैठकमा विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् ।

आजको बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ । जनसंगठनमा पनि वरिष्ठ पद हटाइएकाले पार्टीमा पनि नराख्ने कि भनेर बहस भइरहेको छ ।

पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आएपछि एमालेभित्र यतिबेला उमेर हद र दुई कार्यकालको व्यवस्थाको बहस पनि गर्माएको छ । सचिवालयलगत्तै भोलि पोलिटब्युरो र ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...