सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं : रुस



हाम्रो इकोनोमि

 

 

रुसले अमेरिकाबाट हुनसक्ने सबै प्रकारका प्रतिबन्धको सामना गर्ने सामर्थ्य आफूसँग रहेको प्रष्ट पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिनभित्र युक्रेनसँग युद्धविराम नगरे ठूलो मात्रामा भन्सार कर लगाउने चेतावनी दिएका थिए । यसको जवाफमा रुसी विदेशमत्री सर्गेई लावरोफले ट्रम्पको भनाइको अर्थ नरहेको बताएका छन् । रुसी समाचार एजेन्सी इतार तासका अनुसार विदेशमन्त्रीले यसअघि पनि ट्रम्पले कहिले २४ घण्टे र कहिले सय दिनको डेडलाइन दिएको बताए ।

उनले भने, ‘हामीले यसअघि नै अभूतपूर्व प्रतिबन्धको सामना गरिरहेका छौं । अब जुनसुकै प्रकारका नयाँ प्रतिबन्धको सामना गर्ने सामर्थ्य हामीसँग छ । यसअघि ट्रम्पले युक्रेनलाई मस्कोसम्म प्रहार गर्ने लामो दूरीका मिसाइल दिने बताएका थिए । तर, उनले आफ्नो बयान फेर्दै मस्कोमाथि हमला नगर्न युक्रेनलाई भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...