घुस काण्डका मन्त्रीले दिए राजीनामा



हाम्रो इकोनोमि

 

 

 घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि अहिले मन्त्री राजीनामा बोकेर मन्त्री गुप्ता बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे पनि गुप्तालाई सोधपुछ गरेका थिए ।

उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ । साथै, यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतले बतायो । केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...