३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार



हाम्रो इकोनोमि

 

 

मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो दिन नेप्से २९ अंक बढ्यो । तर सो वृद्धि दुई दिन पनि टिक्न सकेन । सोमबार नै बजार ३३.०९ अंक घटेको छ । आजकोे गिरावटपछि नेप्से २७२५ मा कायम भएको छ । मौद्रिक नीतिअघि नै बजार केही अंक बढेकाले सोमबार नाफा बुक भएको पाइन्छ । १२ असारमा बजार २५९५ अंकसम्म झरेको थियो ।

सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ८ अर्ब १७ करोडको भयो । ५० कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो । हाइड्रोपावरबाहेक सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर ०.१५ प्रतिशत बढ्यो ।

बैंकिङ सबैभन्दा धेरै २.४६ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक १.४८, फाइनान्स १.१३, होटल तथा पर्यटन ०.२५, लगानी १.२५, जीवन बीमा १.३६, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.०५, अन्य १.२५ तथा व्यापार ०.६४ प्रतिशत घटे ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...