काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ७६ कराेडकाे बजेट



हाम्रो इकोनोमि

 

 

काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् । उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागी रु २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्व ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेकी छन् । महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु. २४ अर्व ९० करोड ६३ लाख २५ हजार रुपैयाको बजेट पारित गरेको थियो ।

गामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र वैंङ्क मौज्दात गरी कुल २० अर्व १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ’, उनले बजेट भाषणका क्रममा भनिन्, ‘नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानिकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अर्व ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको छ । काठमाडौं महानगरपालिकाले आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरेको छ भने सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अर्व २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरेको छ ।

‘पूर्वाधार विकास तर्फ ५१ प्रतिशत अर्थात १२ अर्व ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्वन्धित क्षेत्र तर्फ १२ प्रतिशत अर्थात ३ अर्व १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ’, उनले बजेट भाषणमा भनिन्, ‘कार्यालय संन्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ प्रतिशत अर्थात ३ अर्व ५१ करोड ६० लाख ८ हजार रुपैया प्रस्ताव गरिएको छ । अगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्रथामिकतामा राखिएकोे उनले जानकारी दिइन् ।

‘फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार,सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमहरुलाई समेत उच्च प्राथामिकतामा राखिएको छ’, उनले भनिन्, ‘यसैगरी काठमाडौ महानगरपालिका क्षेत्रभित्रको ध्वनि प्रदुषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगरक्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक,महत्व वोकेका मठ, मन्दिर,बहाल, पोखरी, हिटी,वहाः वही, ननीलगायतका सम्पदास्थलहरुको संरक्षण र प्रवद्र्धनमा समेत येथेस्ट वजेट व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...