रसुवा बाढी : ११ जनाको शव फेला पर्‍यो, १७ अझै बेपत्ता



हाम्रो इकोनोमि

 

 

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको र १७ जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले आइतवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यो जानकारी दिएका हुन् ।

उनले भने, ‘अहिलेसम्म ११ वटा शव प्राप्त भएका छन्, कुनै शव पूरा नपाइएर मानव अंग भेटिएका छन् । बेपत्ता १७ जना छ, घाइते एक जना । उनका अनुसार उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको पनि उनले जानकारी दिए ।

प्राधिकरणका अनुसार बाढीमा परी २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरु बगेको तथ्यांक छ । दुई वटा पुलमा आंशिक क्षति पुगेको छ । तीन वटा हाइड्रोमध्ये रसुवागढीमा धेरै क्षति भएको जानकारी उनले दिए । स्याफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोमिटर सडक धेरै ठाउँमा क्षति भएको इन्जियनर भट्टले जानकारी दिए । उक्त सडक खण्डमा ठाउँ ठाउँमा गरेर १ हजार २ सय मिटर सडक पूर्णरुपमा क्षति भएको उनको भनाइ छ । बाढीले पुल बगाएसँगै तत्कालका लागि रसुवा—चीनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...