छाउगोठमा सर्पले टोक्दा एक महिलाको मृत्यु



हाम्रो इकोनोमि

 

 

 कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ ।छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीलाई २८ गते राति करिब १२:३० बजे सर्पले टोकेको थियो ।प्रहरीले प्रारम्भिक जानकारीअनुसार सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिए । कमला आउजीका श्रीमान् भारत बस्छन् । घरमा एक्लै तीन सन्तान हुर्काइरहेकी उनको सर्पको टोकाइबाट ज्यान गएको हो ।

सुरुमा घरमै सुतिरहेको अवस्थामा सर्पले टोकेको बताइए पनि महिनावारी अवस्थामा छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेको प्रहरीले जनाएको छ । सुदूरपश्चिममा छाउ गोठ भत्काउने र छाउपडी कुप्रथाविरुद्ध अभियान चलिरहे पनि अझै महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य भएको छैन ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...