एमालेको बिधान महाधिवेशनमा विद्यालाई ढोका बन्द



हाम्रो इकोनोमि

 

 

१४ असारमा पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको सक्रिय सदस्यता नवीकरण गरेको र एमालेको सदस्य भएको घोषणा गरेपछि एमालेभित्रको राजनीति तरंगित बनेको छ । एमालेको नेतृत्व गर्ने मनसायका साथ भण्डारीले पार्टी सदस्यता नवीकरण गरेपछि पक्ष विपक्षमा मत विभाजित भएको छ ।

यसैबीच आगामी भदौ २०-२२ मा नेकपा एमालेको बिधान महाधिवेशन हुदैछ । तर यो महाधिवेशनमा भण्डारी प्रतिनिधिका रुपमा सहभागी हुन नमिल्ने देखिएको छ । आसन्न विधान महाधिवेशनमा १० औँ महाधिवेशनका प्रतिनिधिमात्रै सहभागी हुने परिभाषित व्यवस्था भएकाले मनोनीत गर्ने अवस्था नरहेको बताइन्छ । यो व्यवस्थाले पार्टी सदस्यता नवीकरण गरेका पूर्वराष्ट्रपति भण्डारीलाई बिधान महाधिवेशनमा प्रतिनिधिका हैसियतले सहभागी हुने बाटो बन्द रहेको प्रष्ट भएको छ ।

 भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन् । दुई कार्यकाल राष्ट्रपति हुने पनि उनी नै प्रथम नेपाली हुन् । अब उनी दलगत राजनीतिमा सक्रिय हुन खोज्दै छिन् । एमाले सदस्यता नवीकरण गरेको हप्ता दिनपछि उनले पूर्वराष्ट्रपतिको हैसियतले लिने सेवा सुविधा त्यागेको घोषणा गरेकी थिइन् ।

उनले पार्टीमा फर्किने संकेत दिन थालेदेखि नै प्रश्न उठ्दै आएको छ, ‘देशकै सर्वोच्च संवैधानिक पदमा पुगिसकेको व्यक्ति फेरि दलको झण्डा बोकेर मैदानमा आउनु कत्तिको उचित हो ?’ केहीअघिसम्म यो प्रश्न सञ्चारमाध्यम र नागरिकस्तरमा सीमित थियो । अब भने मुख्य ठूला दल कांग्रेस र एमालेभित्र पनि यसमाथि बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...