च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौँ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका छन् । पूर्वराष्ट्रपति विद्या देवी भण्डारी रपार्टीको राजनीतिमा फर्किएपछि अहिले एकअर्काप्रति टिप्पणी भइरहेको छ । सोही विषयलाई लिएर उनले सचेत रहन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ । बसौँ, आपसमा विमर्श गरौँ । उनले सहकार्यबाट समाधान गर्नु नै जबजको मर्म भएकाले सबै एकै ठाउँमा उभिने आधार निर्माण हुनुपर्ने बताए । उनले भने, ‘सहकार्य मार्फत समाधान खोजौँ, जबजबको मर्म पनि यहि हो । राष्ट्र, जनता र एमाले हामी सबै एक ठाउँमा उभिने आधार !’

महासचिव शंकर पोखरेल पनि कित्ताकाट नगर्न चेतावनी दिएका छन् । यस्तै, स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको बताएका थिए । उनले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न पनि निर्देशन दिएका थिए । नेता गोकुल बास्कोटाले व्यंग्य गर्दै ;बजारमा नोटिस हिट भएछ तर मान्छेहरु नो निड टू टिच भन्न थालेछन्; भन्दै सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...