दुई दिनमा ४८ अंकले बढ्यो सेयर बजार



हाम्रो इकोनोमि

 

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। बुधबार २२.०४ अंक र बिहीबार २५.८९ अंक गरी दुई दिनमा नेप्से ४८ अंकले बढेको हो। नेप्से ०.९५ प्रतिशतले बढेर २७३१.८० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि बढेको छ।  बुधबार सात अर्ब ४५ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार नौ अर्ब ६८ करोड रूपैयाँको कारोबार भएको छ।  अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब २३ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३१२ वटा धितोपत्रको दुई करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच भएको हो। बिहीबार १६१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ वटाको घटेको छ।  यसदिन माई खोला हाइड्रोपावरको मूल्य सर्वाधिक ८.१५ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८८४ रूपैयाँ १५ पैसा कायम भएको छ। यस्तै, माण्डु हाइड्रोपावरको मूल्य ६.७६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९३१ रूपैयाँ ७८ पैसा पुगेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ९.९२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ३४० रूपैयाँ ४० पैसामा झरेको छ। यसैगरी, राप्ति हाइड्रोको मूल्य ६.४७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३५७ रूपैयाँ ६८ पैसा कायम भएको छ। बिहीबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता दुई हजार ३०२ रूपैयाँमा ५७ करोड पाँच लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७२ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८४६ रूपैयाँ ३० पैसामा ३२ करोड ७३ लाख बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसूचक ०.२२ प्रतिशतले घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढेको हो।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...