देउवाको एकलौटी निर्णय नमान्ने कोइराला गुटको चेतावी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही विधिसम्मत नभएको निष्कर्ष शेखर कोइराला पक्षले निकालेको छ । आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको आरोप पनि लगाएको छ । बैठकमा सहभागी नेता ले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्नेमा सो अनुसार नभएको बताए ।

नेकपा एमालेले आफ्नो पार्टीमा गरिरहेको कारबाहीको स्वरूप नै नेपाली कांग्रेसमा देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई हराएको आधारमा कारबाही गरिएको बताए । आसन्न निर्वाचन वा मध्यवधि हुने अवस्थामा गठबन्धन भए उम्मेदवार पराजित हुने डरले यस्तो भएको हुनसक्ने उनले बताए ।

बैठकले कसैलाई काखा र पाखा गर्ने गरी दोहोरो तेहरो मापदण्ड बनाएर यस्ता निर्णयहरू गरे त्यो पार्टीका लागि गम्भीर र प्रत्युत्पादक हुने चेतावनी पनि दिएको छ । कारबाहीमा परेका नेताहरूलाई अन्तिम पल्ट सचेत गराएर आममाफी दिन उपयुक्त हुने निष्कर्ष पनि बैठकले निकालेको छ ।

बुधवार कांग्रेसले निर्वाचनमा अन्तर्घात गरेको भन्दै केही नेताहरूलाई कारबाही गरेको छ । कारबाहीमा आफ्नो पक्षका नेताहरू परेपछि कोइरालाले आज बिहान बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...