देउवाको एकलौटी निर्णय नमान्ने कोइराला गुटको चेतावी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही विधिसम्मत नभएको निष्कर्ष शेखर कोइराला पक्षले निकालेको छ । आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको आरोप पनि लगाएको छ । बैठकमा सहभागी नेता ले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्नेमा सो अनुसार नभएको बताए ।

नेकपा एमालेले आफ्नो पार्टीमा गरिरहेको कारबाहीको स्वरूप नै नेपाली कांग्रेसमा देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई हराएको आधारमा कारबाही गरिएको बताए । आसन्न निर्वाचन वा मध्यवधि हुने अवस्थामा गठबन्धन भए उम्मेदवार पराजित हुने डरले यस्तो भएको हुनसक्ने उनले बताए ।

बैठकले कसैलाई काखा र पाखा गर्ने गरी दोहोरो तेहरो मापदण्ड बनाएर यस्ता निर्णयहरू गरे त्यो पार्टीका लागि गम्भीर र प्रत्युत्पादक हुने चेतावनी पनि दिएको छ । कारबाहीमा परेका नेताहरूलाई अन्तिम पल्ट सचेत गराएर आममाफी दिन उपयुक्त हुने निष्कर्ष पनि बैठकले निकालेको छ ।

बुधवार कांग्रेसले निर्वाचनमा अन्तर्घात गरेको भन्दै केही नेताहरूलाई कारबाही गरेको छ । कारबाहीमा आफ्नो पक्षका नेताहरू परेपछि कोइरालाले आज बिहान बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...