विद्या भण्डारी र माधव नेपालबीच गोप्य वार्ता



हाम्रो इकोनोमि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पतञ्जली जग्गा प्रकरणमा मुद्दा नचलाउन प्रचण्डले विद्यामार्फत दवाव दिएको भनिरहँदा माधव नेपाल र विद्याबीच पटक पटक भेटवार्ता भएको बाहिरिएको छ । भेटमा विद्या अध्यक्ष भए एकीकृत समाजबादी एमालेमा बिलय गराउनेसम्मको कुराकानी भएको श्रोतको दावी छ । 

नेताहरू मुकुन्द न्यौपाने, विन्दा पाण्डे, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, बिनोद ढकाल, कर्ण थापा, रमेश पौडेल, कृष्ण राईलगायत विद्यालाई अध्यक्ष बनाउने लबिङमा लागेका छन् । जनसंगठनमा ठाउँ नपाएका र हारेका कतिपय नेताहरू पनि भण्डारीको पक्षमा खुलेका छन्।

अर्थमन्त्री रहेका पार्टी उपाध्यक्ष विष्णु पौडेल र संचारमन्त्री रहेका  उपमहासचिव पृथ्वी सुब्बा गुरुङले विद्याको साथ छाडेर अध्यक्ष केपी ओलीलाई साथ दिएपछि एमालेको आन्तरिक समीकरणमा उथल पुथल हुन पुगेको छ । युवा संघको अध्यक्षमा पराजित सुमन पुरी, अखिलको अध्यक्षमा ७ मतले हराइएका प्रकाश पौडेल, प्रेस चौतारी नेपालको अध्यक्षमा उम्मेदवारी दिनबाट वञ्चित गरिएका राजेश राईलगायत सक्रिय भएका छन् ।

 नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणासँगै आमचर्चामा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्वमा स्थापित गराउने अभिप्राय बोकेको गीत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । ‘गर्नुपर्ने धेरै काम छन्’ बोलको उक्त गीतको भिडियोलाई पूर्व राष्ट्रपति पक्षधर एमाले कार्यकर्ताले सञ्जालमा सेयर गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...