विद्या भण्डारी र माधव नेपालबीच गोप्य वार्ता



हाम्रो इकोनोमि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पतञ्जली जग्गा प्रकरणमा मुद्दा नचलाउन प्रचण्डले विद्यामार्फत दवाव दिएको भनिरहँदा माधव नेपाल र विद्याबीच पटक पटक भेटवार्ता भएको बाहिरिएको छ । भेटमा विद्या अध्यक्ष भए एकीकृत समाजबादी एमालेमा बिलय गराउनेसम्मको कुराकानी भएको श्रोतको दावी छ । 

नेताहरू मुकुन्द न्यौपाने, विन्दा पाण्डे, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, बिनोद ढकाल, कर्ण थापा, रमेश पौडेल, कृष्ण राईलगायत विद्यालाई अध्यक्ष बनाउने लबिङमा लागेका छन् । जनसंगठनमा ठाउँ नपाएका र हारेका कतिपय नेताहरू पनि भण्डारीको पक्षमा खुलेका छन्।

अर्थमन्त्री रहेका पार्टी उपाध्यक्ष विष्णु पौडेल र संचारमन्त्री रहेका  उपमहासचिव पृथ्वी सुब्बा गुरुङले विद्याको साथ छाडेर अध्यक्ष केपी ओलीलाई साथ दिएपछि एमालेको आन्तरिक समीकरणमा उथल पुथल हुन पुगेको छ । युवा संघको अध्यक्षमा पराजित सुमन पुरी, अखिलको अध्यक्षमा ७ मतले हराइएका प्रकाश पौडेल, प्रेस चौतारी नेपालको अध्यक्षमा उम्मेदवारी दिनबाट वञ्चित गरिएका राजेश राईलगायत सक्रिय भएका छन् ।

 नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणासँगै आमचर्चामा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्वमा स्थापित गराउने अभिप्राय बोकेको गीत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । ‘गर्नुपर्ने धेरै काम छन्’ बोलको उक्त गीतको भिडियोलाई पूर्व राष्ट्रपति पक्षधर एमाले कार्यकर्ताले सञ्जालमा सेयर गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...