विशेषको फैसला सर्वोच्चद्वारा बदर, चूडामणिसहित तीनै जना छुट्दै



हाम्रो इकोनोमि

 

 

कर फर्छ्यौट आयोगका पदाधिकारीहरू विरुद्धको मुद्दामा विशेष अदालतको फैसला सर्वोच्च अदालतले बदर गरिदिएको छ । मुद्दालाई पुनः सुरु अदालत (विशेष) मै पठाउने आदेश न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सारंगा सुबेदीले सोमबार गरेका छन् ।

२०७१ सालमा गठित आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य सचिव चूडामणि शर्मा र सदस्य उमेश ढकालले १ अर्ब ३३ लाख रुपैयाँ राजश्व चुहावट गरेर राज्यकोषमा हानी नोक्सानी गरेको भन्दै अख्तियारले विशेषमा मुद्दा हालेको थियो । विशेष अदालतले उनीहरू प्रत्येकलाई २ अर्ब ५ करोड २३ लाख रुपैयाँ बिगो र थप ४ अर्ब १० करोड रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको थियो । साथै, तीनैजनालाई ९ वर्ष जेल सजाय ९अध्यक्षलाई थप एक महिना० समेत तोकिएको थियो ।

महत र ढकाल एक वर्ष २६ दिन अगाडि र त्यसको एक महिनापछि शर्मा कारागार चलान भएका थिए । उनीहरूले कारागारबाटै विशेषको फैसलामाथि सर्वोच्चमा पुनरावेदन गरे । यस्तै अख्तियारले पनि फैसला चित्त नबुझाएर पुनरावेदन गरेको थियो । साथै, महत र शर्माले बन्दी प्रत्यक्षीकरणको रिट समेत हालेका थिए । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । तर, विशेषको फैसला बदर भएपश्चात् उनीहरू छुट्ने भएका छन् । मुद्दा फेरि सुरुकै विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...