विशेषको फैसला सर्वोच्चद्वारा बदर, चूडामणिसहित तीनै जना छुट्दै



हाम्रो इकोनोमि

 

 

कर फर्छ्यौट आयोगका पदाधिकारीहरू विरुद्धको मुद्दामा विशेष अदालतको फैसला सर्वोच्च अदालतले बदर गरिदिएको छ । मुद्दालाई पुनः सुरु अदालत (विशेष) मै पठाउने आदेश न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सारंगा सुबेदीले सोमबार गरेका छन् ।

२०७१ सालमा गठित आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य सचिव चूडामणि शर्मा र सदस्य उमेश ढकालले १ अर्ब ३३ लाख रुपैयाँ राजश्व चुहावट गरेर राज्यकोषमा हानी नोक्सानी गरेको भन्दै अख्तियारले विशेषमा मुद्दा हालेको थियो । विशेष अदालतले उनीहरू प्रत्येकलाई २ अर्ब ५ करोड २३ लाख रुपैयाँ बिगो र थप ४ अर्ब १० करोड रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको थियो । साथै, तीनैजनालाई ९ वर्ष जेल सजाय ९अध्यक्षलाई थप एक महिना० समेत तोकिएको थियो ।

महत र ढकाल एक वर्ष २६ दिन अगाडि र त्यसको एक महिनापछि शर्मा कारागार चलान भएका थिए । उनीहरूले कारागारबाटै विशेषको फैसलामाथि सर्वोच्चमा पुनरावेदन गरे । यस्तै अख्तियारले पनि फैसला चित्त नबुझाएर पुनरावेदन गरेको थियो । साथै, महत र शर्माले बन्दी प्रत्यक्षीकरणको रिट समेत हालेका थिए । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । तर, विशेषको फैसला बदर भएपश्चात् उनीहरू छुट्ने भएका छन् । मुद्दा फेरि सुरुकै विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...