बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द



हाम्रो इकोनोमि

 

 

त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ । त्यस्तै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत बन्द छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान थुप्रिएको छ । यसको पावरहाउसमा भने क्षति भएको नभएको उनले बताए ।

त्यस्तै ६० मेगावाट क्षमताको  त्रिशुली ३ ए आयोजनामा भएको क्षतिको विवरण आएको छैन । तर भवनमा बाढी पसेको छ । त्रिशुली ३ बी सबस्टेसनलाई हिलोले छोपेको जानकारी उनले दिए । आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ । त्यस्तै चिलिमेको पावरहाउसमा पानी छरे पनि क्षति भने नपुगेको उनले बताए । त्रिशुली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको उनले जानकारी उनले दिए । यिनै आयोजनाको उत्पादन बन्द भएकाले त्रिशुली करिडोरमा रहेका प्राधिकरणका आयोजनाको कुल २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...