भोटेकोशीमा भीषण बाढी, तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन



हाम्रो इकोनोमि

 

 

रसुवाको रसुवागढी नाकास्थित भोटेकोशीमा आएको भीषण बाढीको कारण तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारको लागी खटिएका असई लाल बहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्क विहीन भएका हुन् । त्यस्तै ९ जना नेपाली र ६ जना चाइनिज गरी १८ जना सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

आज बिहान ३ बजे चीनको एरियामा परेको अविरल वर्षाको कारण रसुवागढीमा भारी मात्रामा बाढी आएको थियो । बिहान ४ बजे नेपाल र चिन नाका जोड्ने मितेरी बगाई पुल पूर्ण रूपमा क्षति  मानिस र सवारी साधनमा आवतजावत बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै साढे ४ बजे रसुवा गोसाईंकुण्ड गापा वडा नं २ स्थित रहेको इभी चार्जिङ स्टेसनमा क्षति भएको ७र८ वटा इभी गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...