जसपा नेता यादवले भने: मधेश नेपालबाट अलग भएरै छोड्छ



हाम्रो इकोनोमि

 

 

प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र साम्प्रदायिक रंग दिने प्रयास गरेका छन् । एक भिडिओ वक्तव्य जारी गर्दै उनले मधेस नेपालबाट अलग भएरै छोड्ने आपत्तिजनक अभिव्यक्तिसमेत दिए । अज्ञात स्थलबाट हिन्दी भाषामा जारी गरेको भिडिओ वक्तव्यमा यादवले भारतको बिहार राज्य सरकारलाई गुहारेका छन् । नेपालमा आफूमाथि शोषण दमन भएको भन्दै उनले विदेशी राज्यसँग सहयोगको याचना गरेका हुन् । उनले भनेका छन्, ‘मधेशमा नागरिकतादेखि तमाम अपराध गरेर मधेसीलाई विदेशी बनाउने चलखेल भइरहेको थियो दमन गरिएको थियो र त्यसको खिलाफ मधेसमा आन्दोलन भएको थियो । मधेस जनविद्रोहमा म पनि सामेल थिएँ । मलाई पुलिस प्रशासनले टर्चर गर्‍यो । तर जनताको शक्तिले म बाहिर रहेँ र मधेस सरकारको गठन भयो । भारतले नेपालका सबै आन्दोलनकारीलाई शरण दिँदै आएको उनले सम्झाएका छन् । नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न कुनै सहयोग मागेको खण्डमा नदिन यादवले याचना गरेका छन् ।

‘भारतमा नेपालका आन्दोलनकारीलाई शरण मिल्दै आएको छ । आन्दोलनकारी भनेका कुनै अपराधी र हत्यारा होइनन् । सर्लाहीको एसपी र डीएसपीले गुण्डागर्दी गरे । उनीहरू मेरो रिस्तेदारको घरमा गएर छापा मारिरहेका छन् । म बिहार सरकारलाई आग्रह गर्छु कि यो राजनीतिक मामला हो । हामी आन्दोलनको लडाइँ अहिले पनि लडिरहेका छौँ । यसमा भारतको सपोर्ट मिल्नुपर्छ । भारत र बिहारको लोग नभए हामीमाथि अझै जुर्म हुन्थ्यो । म बिहारका पुलिस प्रशासनलाई आग्रह गर्छु कि नेपालको एसपीले भनेर कुनै पनि कदम नउठाउनु । उनीहरूको नश्लिय भेदभाव गर्ने मान्छेहरू हुन्,’ यादवले भनेका छन् । थप बरबराउँदै उनी भन्छन्, ‘नेपालमा मधेशीमाथि दमन र शोषण हुँदै आएको छ । यी नस्लवादी, खसवादीहरूले आज पनि नेपालमा मधेशीलाई दोस्रो दर्जाको नागरिक भनिरहेका छन् । यो देशबाट मधेश अलग हुनुपर्छ । दमन र शोषणले गर्दा आउने दिनमा विद्रोह हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...