नेकपा एस निकट अनेरास्ववियू फुट्यो, केन्द्रीय समिति घोषणा



हाम्रो इकोनोमि

 

 

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा भएको छ । संगठनका अध्यक्ष महेश श्रेष्ठसँग असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेको हो ।

असन्तुष्ट पक्षले नरेश न्यौपाने अध्यक्ष र प्रकाश श्रेष्ठ महासचिव रहेको पदाधिकारीसहित १६७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेको छ । समानान्तर कमिटीको बैठकले संसद विघटनलगायतका घोर प्रतिगामी षड्यन्त्रविरुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै विद्रोहको नेतृत्व गरेको मातृ पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि सरकारले साँधेको प्रतिशोध र षड्यन्त्रविरुद्ध एकताबद्ध रुपमा प्रतिरोध एवं प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ ।

आगामी असार २१ गते बस्ने पदाधिकारी बैठकबाट सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिने, पहिलो पदाधिकारी बैठकबाट केन्द्रीय कमिटीको एक तिहाइ हुने गरी केन्द्रीय सचिवालय गठन गरिने र केन्द्रीय कमिटीको बैठक साउन पहिलो हप्ता काठमाडौंमा आयोजना गरिने निर्णयसहितको सकुर्लर पठाइएको छ । प्रदेश, जिल्ला, क्याम्पस कमिटी तथा राष्ट्रिय कमिटीका सम्मेलनहरु आगामी साउन १५ गतेभित्र सम्पन्न गर्ने, अनेरास्ववियूको केन्द्रीय महाधिवेशन यथाशीघ्र गर्ने, तर महाधिवेशनको मिति तथा संगठनमा उमेर हदसम्बन्धी निर्णय केन्द्रीय कमिटी बैठकबाट गरिने पनि निर्णय गरेको सर्कुलरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...