मरेको सिनोलाई काँधमा राखेर हिँड्न सकिँदैन : रामकुमारी झाँक्री



हाम्रो इकोनोमि

 

 

 नेकपा (एस) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव नेपाललाई लक्ष्यित गर्दै ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ कडा अभिव्यक्ति दिएकी छन् । उनले हिजो गरेको सो भाषणले नेकपा एसभित्र हलहल मच्चिएको छ । नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले शनिबार पार्टीलाई अब पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । यसका लागि ‘अर्ली महाधिवेशन’ को माग समेत राखिन् ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्ट प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसलाई लिएर नै झाँक्रीले  अध्यक्षकै कारण संकट आएको’ बताएकी हुन् । पार्टीकै उपमहासचिव मेटमणि चौधरी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा झाँक्रीले कडा शब्दमा नेतृत्वको आलोचना गरेपछि यसलाई बाहिर आउन नदिन प्रयास भयो । खिचिएका भिडियोहरु डिलिट गर्ने र गराउने कामहरु भएको बुझिएको छ । तर, युवा संघकी केन्द्रीय नेतृ तथा नेकपा एस गोरखाकी अगुवा रेखा तामाङ लोप्चनले आफ्नो फेसबुक वालमा झाँक्रीको भिजुअल अपलोड गरिदिएकी छन् । झाँक्रीको यो अभिव्यक्तिले नेकपा एसका नेता-कार्यकर्ताहरूलाई आक्रोशित तुल्याएको छ । अध्यक्ष नेपाल निकट केही युवा नेताहरूले सामाजिक सञ्जालमा उनीविरुद्ध प्रहार पनि सुरू गरेका छन् ।

झाँक्री लामो समयदेखि नेकपा एसभित्र असन्तुष्ट छिन् । नेकपा एस स्थापनाका बखत अध्यक्ष नेपालसँग केही समयअघि उनी नेकपा एमालेमा प्रवेश गर्न लागेको चर्चा पनि चलेको थियो । अध्यक्ष नेपालको मुद्दामा थुनछेक आदेश आउने बखत झाँक्री विशेष अदालत समेत पुगेकी थिइन् । थुनछेक बहस सकिएपछि बेलुका अदालत गएकी उनी बाहिर रहेका कार्यकर्ताहरूलाई हात हल्लाउँदै भित्र इलाजसमै पुगिन् । उनी राति अबेरसम्म अध्यक्ष नेपालसँगै थिइन् । करिब चार घन्टा इजलासमै बसेकी उनी अध्यक्ष नेपाल धरौटी बुझाएर निस्किएपश्चात मात्रै अदालतबाट बाहिरिइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...