मरेको सिनोलाई काँधमा राखेर हिँड्न सकिँदैन : रामकुमारी झाँक्री



हाम्रो इकोनोमि

 

 

 नेकपा (एस) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव नेपाललाई लक्ष्यित गर्दै ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ कडा अभिव्यक्ति दिएकी छन् । उनले हिजो गरेको सो भाषणले नेकपा एसभित्र हलहल मच्चिएको छ । नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले शनिबार पार्टीलाई अब पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । यसका लागि ‘अर्ली महाधिवेशन’ को माग समेत राखिन् ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्ट प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसलाई लिएर नै झाँक्रीले  अध्यक्षकै कारण संकट आएको’ बताएकी हुन् । पार्टीकै उपमहासचिव मेटमणि चौधरी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा झाँक्रीले कडा शब्दमा नेतृत्वको आलोचना गरेपछि यसलाई बाहिर आउन नदिन प्रयास भयो । खिचिएका भिडियोहरु डिलिट गर्ने र गराउने कामहरु भएको बुझिएको छ । तर, युवा संघकी केन्द्रीय नेतृ तथा नेकपा एस गोरखाकी अगुवा रेखा तामाङ लोप्चनले आफ्नो फेसबुक वालमा झाँक्रीको भिजुअल अपलोड गरिदिएकी छन् । झाँक्रीको यो अभिव्यक्तिले नेकपा एसका नेता-कार्यकर्ताहरूलाई आक्रोशित तुल्याएको छ । अध्यक्ष नेपाल निकट केही युवा नेताहरूले सामाजिक सञ्जालमा उनीविरुद्ध प्रहार पनि सुरू गरेका छन् ।

झाँक्री लामो समयदेखि नेकपा एसभित्र असन्तुष्ट छिन् । नेकपा एस स्थापनाका बखत अध्यक्ष नेपालसँग केही समयअघि उनी नेकपा एमालेमा प्रवेश गर्न लागेको चर्चा पनि चलेको थियो । अध्यक्ष नेपालको मुद्दामा थुनछेक आदेश आउने बखत झाँक्री विशेष अदालत समेत पुगेकी थिइन् । थुनछेक बहस सकिएपछि बेलुका अदालत गएकी उनी बाहिर रहेका कार्यकर्ताहरूलाई हात हल्लाउँदै भित्र इलाजसमै पुगिन् । उनी राति अबेरसम्म अध्यक्ष नेपालसँगै थिइन् । करिब चार घन्टा इजलासमै बसेकी उनी अध्यक्ष नेपाल धरौटी बुझाएर निस्किएपश्चात मात्रै अदालतबाट बाहिरिइन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...