पूर्वराष्ट्रपति भण्डारीको सम्बोधन नसुनि ओली सभाबाट निस्किए



हाम्रो इकोनोमि

 

 

आज नेकपा एमालेका स्व. नेता मदन भण्डारीको ७४ औं जन्मदिन । जन्मोत्सव पारेर मदन भण्डारी फाउन्डेशनले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति समेत रहेकी भण्डारी पत्नी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत एमाले नेता कार्यकर्ताहरू सहभागी छन् ।

कार्यक्रममा सहभागी हुन पुगेका एमाले अध्यक्ष ओलीले आफ्नो समय ख्याल गर्दै सुरुमै सम्बोधन गरे । ओली आजै स्पेन भ्रमणमा जाँदैछन् । सोही भ्रमणका कारण सुरुमै बोलेका प्रधानमन्त्री ओलीले पार्टी एकजुट भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । पछिल्ला महिना एमाले राजनीतिमा आफ्नो उपस्थिति बाक्लो बनाइरहेकी पूर्वराष्ट्रपति भण्डारी र ओली सहभागी यो कार्यक्रम एमाले वृत्तमा चर्चामा छ ।

सोही क्रममा भण्डारी मञ्चमै रहेका बेला सम्बोधन गरेका ओलीले एमाले विभाजित हुने कुनै सम्भावना नरहेको जिकिर गरेका छन् । राष्ट्रिय सभा गृहमा सम्बोधनकै क्रममा अध्यक्ष ओलीले आफूलाई हतार भएको सुनाए । लगत्तै, उनले पूर्वराष्ट्रपति भण्डारीले आजको आफ्नो सम्बोधन पनि सुनिदिन आग्रह गरेको बताए ।

‘सम्माननीय पूर्वराष्ट्रपतिज्युले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो’ ओलीले भने, ‘तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ । आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको हो । उनले भण्डारीले कहिल्यै पनि नराम्रो नबोल्ने भन्दै आज पनि के बोल्ने भन्ने आफूलाई थाहा भएको सुनाए ।

‘सुन्दै आएको छु । राम्रो बोल्नुहुन्छ, थाहा छ । नराम्रो कहिल्यै बोल्नुहुन्न । मलाई थाहा छ– के बोल्नुहुन्छ । त्यसो भएर मैले सुन्न बसिरहनु पर्दैन,’ प्रधानमन्त्री ओलीले भने । ओली सभाबाट निस्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...