रास्वपाको हस्ताक्षर संकलन अभियान, मिसन ८४ कै हिस्सा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान सुरुवात गर्यो । सामान्य ढंगले सुरुवात गरिएको भए पनि यो अभियानलाई निकै वृहद र शक्तिशाली बनाउने तयारी पार्टीले गरेको छ ।

पार्टीका प्रमुृख नेताहरुको उपस्थितिमा गत असार ७ गते माइतीघरबाट हस्ताक्षर अभियानको थालनी गरिएको थियो । अहिले यसलाई काठमाडौंका विभिन्न स्थानमा मात्र नभएर देशभर र विदेशमा समेत विस्तार गरिएको छ । जनताको उल्लेख्य हिस्सालाई छुने गरी अभियानको डिजाइन गरिएको नेताहरुले बताएका छन् ।

रविलाई उच्च अदालत तुल्सीपुरको बुटबल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशलाई गत जेठ ९ गते सर्वोच्च अदालतले पनि सदर गरिदियो । सर्वोच्चको निर्णयपश्चात कम्तिमा मुद्दाको फैसला नहुँदासम्म रवि थुनामै बस्नुपर्ने भएको छ । कानूनी बाटोहरु बन्द भएपछि राप्रपाले सडक संघर्षको नयाँ स्वरुपका रुपमा ‘हस्ताक्षर अभियान’ को सुरुवात गरेको हो ।

रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधका विरुद्ध भनिए पनि अभियानको राजनीतिक उद्देश्यसमेत देखिन्छ । अभियानका नाम छ– रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान । यसको मुख्य नारा हो– आशामाथि प्रहार, सहँदैनौं खबरदार ।

अभियानको खुला उद्देश्य रवि लामिछानेप्रति ऐक्यवद्धता जनाउने हो भने रास्वपाको जनसमर्थन बढाउने र सांगठनिक शक्तिप्रदर्शन गर्ने भित्री उद्देश्य हो । पार्टीका एक नेताले यो अभियान रास्वपाको मिसन ८४ कै एक हिस्सा भएको बताए ।

प्रतिक्रिया दिनुहोस
लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...