एसईई नतिजा प्रकाशनको अन्तिम तयारी



हाम्रो इकोनोमि

 

 

 माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ उनले भने सम्भवतः बोर्डको बैठक आज बस्छ ।

सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको बताए । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...