एसईई नतिजा प्रकाशनको अन्तिम तयारी



हाम्रो इकोनोमि

 

 

 माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ उनले भने सम्भवतः बोर्डको बैठक आज बस्छ ।

सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको बताए । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...