कोरिया रोजगारीको लागि ‘हामी’ मोबाइल एप सार्वजनिक



हाम्रो इकोनोमि

 

 

कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) र कोरियाको मानव संसाधन विकास सेवा (HRDK) ले’हामी’ मोबाइल एप लन्च गरेको छ । नेपाली श्रमिकहरूको सुरक्षित आप्रवासन सुनिश्चित गर्न र स्वदेश फर्किएपछि उनीहरूको स्थिर पुनःएकीकरणमा सहयोग पुर्याउने उद्देश्यले यो एप्लिकेसन सार्वजनिक गरिएको छ । कार्यक्रममा कोरियाली राजदूत श्री पार्क ते-यङ, नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय सरतसिंह भण्डारी, विभिन्न विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि र फर्किएका श्रमिकहरू को सहभागिता थियो ।

कार्यक्रममा श्रम मन्त्री भण्डारीले गन्तव्य देशहरुमा नेपाली श्रमिकहरुले त्यहाँको उन्नत विकासमा पसिना बगाएका कारण विकासको साझेदार पनि भएकाले हाम्रा श्रमिक सम्मानका पात्र हुनुपर्ने बताउनुभयो । ‘सूचनाको प्रणालीलाइ अहिलेको प्रविधिसंग जोड्न श्रम संसार साइट बनाएर नागरिक एपसंग समेत जोडेका छौं । उहाँले भन्नुभयो ‘ यो हामी एप्लिकेसनलाइ पनि श्रम संसारमा जोड्नेछौं ।’ नेपालको आवश्यकता अनुसार तालिम दिन कोइकाले सहकार्य गरेको प्रति उहाँले धन्यवाद दिनुभयो । कोरियन सरकारले इपिएसको आधारमा नेपालीलाइ बढि महत्व दिएको बताउनुहुँदै इ सेभेन भिसाको लागि कार्यविधि संसोधनलाइ सरकारले अगाडी बढाएको जानकारी दिनुभयो ।

कार्यक्रममा राजदूत पार्क ते-यङले हामी एप नेपाल–कोरियाबीचको साझेदारीको प्रतीक भएको बताउनुभयो । उहाँले भन्नुभयो’श्रम आप्रवासनको क्षेत्रमा निरन्तर सहकार्य र साझा प्रगतिप्रति प्रतिबद्ध छौं । ‘HaMi’ एपमार्फत Employment Permit System (EPS) अन्तर्गत कोरिया जाने नेपालीहरुका लागि जानु पूर्व, गएपछि र नेपाल फर्केपछिको पुन: एकीकरणका आवश्यक विभिन्न सामग्री समेत प्राप्त गर्न सक्नेछन । ‘HaMi’ को अर्थ “Happy Migration” हो। नेपाली भाषामा यसको अर्थ “हामी” पनि हुन्छ, जसले समुदायको भावना र आपसी माया–ममता झल्काउँछ । यो कार्यक्रम KOICA को सन् २०२२ मा सुरु गरिएको “नेपाल फर्किएका श्रमिकहरूको स्थिर पुनःएकीकरणका लागि चरणगत रुपमा सहयोग गर्ने प्रणाली सुदृढीकरण” परियोजनाको हिस्सा हो । यो वर्ष कोरिया र नेपालबीचको कुटनीतिक सम्बन्धको ५१ वर्ष भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...