गभर्नर विश्वनाथ पौडेलको सम्पत्ति सार्वजनिक



हाम्रो इकोनोमि

 

 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था छ । आफैंले सार्वजनिक गरेको विवरणमा उनको सम्पत्ति ‘मनग्गे’ देखिन्छ । राष्ट्र बैंकका अनुसार गभर्नर पौडेलले विभिन्न कम्पनीमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँको सेयर लगानी गरेका छन् । सानिमा बैंक, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जीमा उनको सेयर लगानी छ ।

गभर्नर पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा ४४ लाख रुपैयाँ मूल्यको सुजुकी कार रहेको छ । यस्तै, उनकी श्रीमती शर्माको नाममा नवलपरासी र ललितपुरमा १ करोड ५५ लाख रुपैयाँमा खरिद गरेको जग्गा रहेको छ । त्यस्तै, गभर्नर पौडेल र उनकी श्रीमतीको नाममा विभिन्न तीनवटा बैंकमा बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको नाममा २० लाख ६८ हजार रुपैयाँ र सानिमा बैंकको डलर खातामा चार हजार भन्दा बढी अमेरिकी डलर रहेको व्यहोरा उनले खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...