खाडी मुलुकका उडान रद्द, विमानस्थलमै अलपत्र यात्रु



हाम्रो इकोनोमि

 

 

खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् ,  इरानले कतारमा आक्रमण गरेपछि  खाडी मुलुकका उडान रद्द भएका छन् । राति ११ बजेदेखि यात्रुहरू विमानस्थलमै अलपत्र बनेका छन् । सोमबार राति ११ बजे कतारको दोहा उड्न लागेको नेपाल एयरलाइन्सको विमान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।

नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो । सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएको थियो । त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका हुन् । उनीहरु सोमबार राति विमानस्थलमै सुतेका थिए । राति १ बजेतिर प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो । हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले खाडी मुलुकको उडानले निरन्तरता पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...