कुलिङ पिरियडकै कारण निजामती कर्मचारी विधेयक रोकिएको होईन : मन्त्री गुप्ता



हाम्रो इकोनोमि

 

 

सङ्घीमा मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कुलिङ पिरियडको व्यवस्थाका कारण सङ्घीय निजामती सेवा विधेयक नरोकिएको स्पष्ट पार्नुभएको छ । विनियोजन विधेयकका सन्दर्भमा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा उहाँले संसदमा विरोधका कार्यक्रमहरू चलिरहेको तथा आफ्नो मन्त्रालयमा महत्त्वपूर्ण कार्यक्रम परेका कारण असार ३ गतेको कार्यसूचीबाट हटाइएको स्पष्ट गर्नुभएको हो ।

‘मेरो मन्त्रालयको एउटा महत्वपूर्ण कार्यक्रम परेका कारण पूरै समय संसदलाई दिन नसक्ने अवस्था सृजना भएपछि आफ्ना सचेतकज्यूलाई जानकारी गराएर निस्किएको हुँ उहाँले भन्नुभयो विधेयकमा भएका कुनै व्यवस्था परिमार्जन गर्नका लागि विधेयक रोकिएको होइन । विगत नौ वर्षदेखि अलपत्र विधेयक ठूलो मेहनका साथ राज्य व्यवस्था तथा सुशासन समितिद्वारा बहुमतले पारित भएको स्मरण गराउनुहुँदै उहाँले विधेयक अब चाँडै अघि बढ्ने आश्वासन दिनुभएको छ ।

‘कुलिङ पिरियडका कारण विधेयक रोकिएको हो ? भन्ने अधिकांश सांसदहरूले उठाउनुभएको सवालको जवाफमा मन्त्री गुप्ताले भन्नुभयो, ‘कुलिङ पिरियड होइन ‘फुलस्टप–पूर्णविराम’ र ‘कमा–अल्पविराम’ पनि परिवर्तन हुँदैन । उहाँले विधेयकमाथि सर्वाधिक चासो व्यक्त गर्नुभएका सांसदहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...