इरानको तेहरानबाट ११ नेपाली स्वदेश फर्किदै



हाम्रो इकोनोमि

 

 

इरानको राजधानी तेहरानस्थित विभिन्न नियोग र कार्यालयमा कार्यरत ११ जना नेपाली भारतीय सहायतामा नेपाल फर्किदैछन् । उनीहरू करिब ९५० किलोमिटरको दूरी सडक मार्गबाट पार गरेर तेहरानबाट इरानकै मसद सहरमा पुगेका छन् । तेहरानबाट करीव ११ घण्टाको दूरीमा मसद सहर पर्छ ।

भारतले इरानमा रहेका नेपाली र श्रीलंकाली नागरिकलाई सहयोग गर्ने जानकारी दिएपछि उनीहरु इरानस्थित भारतीय दूतावासकै समन्वयमा नेपाल फर्किदैछन् । अहिले उनीहरू उडानको प्रतिक्षामा रहेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

उदयपुर घर भएका हरि थापा, उत्सव थापा, गायत्री कार्कीलगायत लुम्बिनी प्रदेशका विष्णु भुसाल, बुद्धि भुसाल, सागर पौडेल, सुमन गैरे, यज्ञ मरासिनी, गणेश पोखरेल र राजु खनाल मसद सहरको एक होटलमा छन् । उनीहरूलाई भारतीय विमानमै ल्याइँदैछ । केही नेपाली इरानको जेलमा रहेकाले उद्दार सम्भव भएको छैन । इरानमा रहेका नेपालीहरू भान्छे र अन्य कामका सिलसिलामा थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...