इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा



हाम्रो इकोनोमि

 

 

आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी)को आपतकालीन बैठक बसेको छ । बैठकमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इरानको अवस्था र इजरायल–अमेरिकी आक्रमणबाट इरानमा भएको क्षतिको बारेमा देशहरूलाई जानकारी गराए ।

यता, अमेरिकाले इरानमाथि आक्रमण गर्ने आफ्नो कारबाहीलाई जायज भन्यो । अमेरिकाले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने आफ्नो संकल्प दोहोर्‍यायो । अमेरिकाले इजरायलको पक्ष लिँदै भन्यो कि कुनै पनि हालतमा इरानलाई आणविक हतियार राख्न अनुमति दिइने छैन ।

बैठकमा रुस र चीनले अमेरिकी आक्रमणको कडा निन्दा गर्‍यो र पाकिस्तानले इजरायल र इरानबीच युद्धविरामको प्रस्ताव राख्यो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र इरानको अवस्थाप्रति चिन्ता व्यक्त गरे । अमेरिकाले इरानमाथि गरेको आक्रमणलाई सम्पूर्ण विश्वका लागि खतरनाक भन्दै उनले सबै सदस्य राष्ट्रहरूलाई कूटनीतिमार्फत विवाद समाधान गर्न सल्लाह दिए ।

यता, विश्वका नेताहरुले मध्यपूर्वको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै द्वन्द्व रोक्न आह्वान गरेपछि चीन, रुस र पाकिस्तानले इजरायललाई सीमा नाघ्न नदिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...