पुर्व-प्रधानमन्त्रीहरूलाई डिल्लीबजार जेलमै भेट्न पाँउछौ : वरिष्ठ उपाध्यक्ष- पाण्डे



हाम्रो इकोनोमि

 

 

 नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सही ढंगले छानबिन गर्ने हो भने विगतका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउने बताएका छन् । पोखरामा समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पाण्डेले सहि तरिकाले छानबिन गरेमा विगतमा प्रधानमन्त्री, अर्थमन्त्री कारबाहीमा पर्ने बताएका हुन् ।

आशा गरौँ वाइडबडीमा पनि आइदियोस्, गिरिबन्धु टिस्टेट, गोकर्ण सफारी पार्क, ओम्नी प्रकरणमा पनि आइदियोस् । यसको लर्को छ । यो लर्कोलाई सही ढंगबाट छानबिन गरेर कारबाही गराउने ठाउँमा पुर्‍याउने सक्यौं भने हामीले विगतमा प्रधानमन्त्री, अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउँछौं । पाउरोटी लिएरै जान पाउँछौं उनले भने । अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि लगाइएको आरोप पूर्वाग्रही पूर्ण रहेको वरिष्ठ उपाध्यक्ष पाण्डेले दाबी गरे । उस्तै खालको दुई कुरामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही भएको उनको जिकिर छ ।

ललिता निवास प्रकरणमा के निर्णय गरिएको पाइयो भने यो नीतिगत निर्णय हो । सरकारले नीतिगत निर्णय गर्न पाउँछ । नीतिगत निर्णय गर्दा अख्तियारको कार्यक्षेत्रभित्र पर्दैन । त्यसकारण हामीले केही गर्न पर्दैन । गर्नुपर्ने भए सरकारले गर्नु भनेर निर्णय गरेको छ, उनले भने त्यस्तै खालको कुरामा एउटामा नीतिगत निर्णय हुने र अर्कोमा नीतिगत निर्णय नहुने जुन कुरा छ । यसलाई पूर्वाग्रही पूर्ण छ भनेर हामीले भनेका छौं ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...